विद्यानाथ कोइरालाको विश्लेषणमा राजनीतिक दलहरूले सिर्जेको दलदल
PODS by PEIJanuary 26, 2023x
24
00:31:26

विद्यानाथ कोइरालाको विश्लेषणमा राजनीतिक दलहरूले सिर्जेको दलदल

२०७२ सालमा संविधान निर्माण भए पश्चात, संघीय लोकत्रान्तिक गणतन्त्र नेपालको सरकारले आफ्नो पहिलो ५ वर्षको कार्यकाल समापन गरि, हालै सम्पन्न तिनै तहको निर्वाचन पछाडि, दोस्रो सरकार गठन र सञ्चालनको प्रक्रिया अगाडि बढेको स्थिति छ | यसै परिप्रेक्षमा, आज हामी देशमा भैरहेको राजनीतिक खिचातानी र हारजितको अन्तरङ्गमा रहेर, आजका हाम्रा अतिथि प्रा. डा. विद्यानाथ कोइरालाको कान्तिपुर दैनिकमा गत पुष ७ गते प्रकाशित लेख “राजनीतिक दलहरूले सिर्जेको दलदल” को सेरोफेरोमा संवाद गर्ने छौं |

आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, डा. विद्यानाथ कोइराला सँग संवादमा बस्दैछन्, जहाँ उनी डा. कोइरालाको लेख र उहाँले एउटा शिक्षाविद्को हैसियतमा लामो समय देखि गर्दै आउनुभएको शिक्षाका काम,  कुरा र अनुभवका बारेमा कुराकानी गर्नेछन्! आजको भागमा डा. कोइरालाले नेपालमा रहेका राजनैतिक दल, तिनका नेता र तिनले आफ्ना अनुयायीहरूलाई कस्तो शिक्षा प्रदान गरिराखेका छन् भनेर अहिलेको हाम्रो राजनीतिक पृष्ठभूमिसँग जोडेर हेर्न खोज्नु भएको छ |

डा. कोइराला त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक हुनुहुन्छ। उहाँ सँग राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र एसिया फाउन्डेसन नेपाल, एसियाली विकास बैंक, जाइका, युनेस्को, युरोपेली शिक्षा आयोग जस्ता अन्तर्राष्ट्रिय महत्वका संस्थाहरूका लागि रणनीतिक योजना र कार्यक्रममा काम गरेको लामो र उदाहरणीय अनुभव छ। यसमा उहाँको भूमिका पाठ्यक्रम विकास गर्ने र शिक्षाको विकेन्द्रीकरण, अनौपचारिक शिक्षा, शिक्षामा लैङ्गिक, जातीय, र अपाङ्गताका समस्याहरूलाई सम्बोधन गर्ने रहेको छ।

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center