स्वार्थको द्वन्द्व: वास्तविकता र प्रभावहरू
PODS by PEINovember 30, 2023x
71
00:44:33

स्वार्थको द्वन्द्व: वास्तविकता र प्रभावहरू

#Ep.071

आजको भागमा, पि. ई. आई. का जनक पोख्रेल, पत्रकार रमेश कुमार न्यौपानेसँग नेपाली समाजमा न कानुनले न त आम जनमानसले नै बढी ध्यान दिएको बिषय, 'स्वार्थको द्वन्द्व' बारे संवादमा बस्दैछन् | वहाँहरू न्यौपानेको गत साउन २१ गते, हिमाल खबर पत्रिकामा प्रकाशित “एकै घरानाको सर्वत्र लगानी, जताततै स्वार्थको द्वन्द्व” नामक खोजमुलक लेखमा आधारित भई, स्वार्थको द्वन्द्वको अवधारणा र यो कसरी भ्रष्टाचारसँग सम्बन्धित छ भनेर बैंक तथा वित्तीय संस्था, बीमा लगायतका सार्वजनिक कम्पनी, साथै विभिन्न सरकारी संयन्त्रको उदाहरण लिएर विश्लेषण गर्नुहुँदैछ।
रमेश कुमार न्यौपाने, पेशाले एउटा पत्रकार हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार र चीनको शाङहाईस्थित थोङ्ची विश्वविद्यालयबाट दिगो विकास विषयमा स्नातकोत्तर गर्नुभएको छ| पत्रकारिता पेशामा उहाँ पछिल्लो १४ वर्षदेखि संलग्न हुनुहुन्छ र उहाँ अहिले हिमाल खबर पत्रिकासँग आवद्ध हुनुहुन्छ।
हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center