Dialogues: नेपालमा मिडिया, सार्वजनिक बहस, र वैदेशिक सहायताको कुटनीति
PODS by PEIOctober 11, 2022x
6
00:59:46

Dialogues: नेपालमा मिडिया, सार्वजनिक बहस, र वैदेशिक सहायताको कुटनीति

Ep. Di#001

आजको भागमा, हामी पी. ई. आई द्वारा हालै आयोजित ‘नेपालमा मिडिया, सर्वाजनिक बहस, र वैदेशिक सहायताको कुटनीति’ शिर्षकको प्यानल छलफलको लाइभ रेकर्डिङ साझा गर्दैछौं ।

यस सत्रको संचालन खोज पत्रकारिता केन्द्र नेपालकी कार्यक्रम प्रबन्धक अवस्ना पाण्डेले गर्नुभएको थियो । उहाँ यसअघि द काठमाडौं पोस्टमा सम्पादकीय पृष्ठको सम्पादकको रूपमा काम समेत गर्नुभएको छ। उहाँ संग अन्य तीन वक्ताहरू प्यानलमा सामेल हुनुहुन्थ्यो।

हाम्रो पहिलो वक्ता प्रमिला देवकोटा हुनुहुन्थ्यो, जो संग मिडियामा काम गरेको १५ वर्षभन्दा बढीको अनुभव छ र नेपालको परराष्ट्र नीतिका विषयमा नियमित रूपमा लेखिरहनु भएको हुन्छ। उहाँ हाल वुहानको सेन्ट्रल चाइना नर्मल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरिरहनुभएको छ।

हाम्रो दोस्रो वक्ता सुधीर शर्मा हुनुहुन्थ्यो, नेपालको सबैभन्दा ठूलो दैनिक पत्रिका - कान्तिपुरका प्रधान सम्पादक। उहाँ नेपालकै सर्वाधिक बिक्रि भएको पुस्तक ‘प्रयोगशालाः नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी’ का लेखक पनि हुनुहुन्छ।

हाम्रो अन्तिम वक्ता कृष्ण ज्ञवाली हुनुहुन्थ्यो, जसले वातावरण मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा सचिव र अर्थ मन्त्रालयमा सहसचिवको रूपमा काम गरिसक्नुभएको छ, जहाँ उहाँले वैदेशिक सहायता समन्वय महाशाखाको नेतृत्व गर्नुभएको थियो । सन् २०१४ मा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशनको राष्ट्रिय संयोजकको भूमिकामा ज्ञवालीलाई नियुक्त गरेको थियो ।

प्यानलले नेपालको लागि वैदेशिक सहायता, पूर्वाधार र कूटनीतिको विकसित परिदृश्य र एम. सि. सि. बहस वरपरको विवाद सहित, बैदेशिक सहायताको कूटनीति सम्बन्धि कथा स्थापित गर्न परम्परागत र सामाजिक संचार माध्यमको भूमिकाको बारेमा छलफल गरेको छ |

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center