यस एपिसोडमा पि. ई. आईका सुशभ (https://np.linkedin.com/in/sushav-niraula-034327108) , पुर्व मुख्यसचिव लिलामणि पौडेलसँग नेपालको कर्मचारीतन्त्रको बारेमा संबादमा बस्नुभएको छ। पौडेलले आफ्नो लामो अनुभवका आधारमा, नेपालमा निजामती सेवाको विकास, यसका मूल्य-मान्यता, वर्तमान अवस्था र चुनौतीहरुको विमर्श गर्नुभएको छ भने उहाँहरुले यस विषयलाई नेपालको सङ्घीयता र निजामती सेवा ऐन लगायत सम्बन्धित विषयको सन्दर्भमा समेत केलाएर चर्चा गर्नुभएको छ।
लिलामणि पौडेलले (https://en.wikipedia.org/wiki/Leela_Mani_Paudyal) विभिन्न सरकारी कार्यालयमा ३२ वर्ष सेवा प्रदान गर्नुभएको छ। यसअघि उहाँले नेपाल सरकारको मुख्य सचिव, चीनका लागि नेपाली राजदूत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काम गरिसक्नु भएको छ। पौडेल हाल काठमाडौं विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ र गृह प्रशासन अन्तर्गतको पूर्वसचिव, प्रहरी प्रमुख र प्राज्ञिक बिज्ञ सम्मेलित सुधार समितिको अध्यक्षता समेत गरिरहनु भएको छ।
If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics (https://policyentre.substack.com/welcome) , and click here (https://patreon.com/podsbypei) to support us on Patreon!!

