आजको भागमा पी. ई. आई.का अनुराग आचार्यले, विश्लेषक हरि शर्मा संग नेपाली समाज र राजनीति का यिनै पक्ष बारे संवाद गरेका छन् | आफ्नो प्रस्तुतिमा शर्माले बर्तमान समाज र राजनीतिको दशा र दिशा दुवै बारे तिखो टिप्पणी र गहन बिस्लेशण गर्नुभएको छ |
युवावस्था देखि नै राजनीतिक चेत र चाख राख्ने विश्लेषक हरि शर्माले नेपालको अफ्ट्यारो राजनीतिक संक्रमणकालको बखत पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार रहेर अनि नेपालको संघिय गणतान्त्रिक संबिधान निर्माणको बखतमा पहिलो राष्ट्रपति रामबरण यादबको सल्लाहकारको रुपमा बिगत दुई दशक यताको राजनीतिक र सामाजिक परिवर्तन लाई नजिकैबाट नियाल्नु भएको छ | शर्माले त्रिभुवन बिश्वबिद्यालय र भारतको पन्जाब बिश्वबिद्यालय, अनि फुलब्राइट स्कलरको रुपमा अमेरिकाको प्रख्यात कोर्नेल बिश्वबिद्यालय बाट उच्च शिक्षा हासिल गर्नुभएको छ|

